काठमाडौँ, चैत १५ (मार्च २८, २०२६) | नेपालको राजनीतिक वृत्तमा भूकम्प ल्याउँदै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएको छ। सार्वजनिक बिदाका कारण आज अदालतमा पेश गर्न नसकिएका दुवै नेतालाई आइतबार (भोलि) जिल्ला अदालत काठमाडौँमा पेश गरिने भएको छ।
अध्यक्ष ओली शिक्षण अस्पतालमा भर्ना
पक्राउ परेलगत्तै स्वास्थ्यमा असहजता महसुस भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) पुर्याइएको छ। अस्पताल स्रोतका अनुसार, उहाँलाई ‘एनेक्स वान’ (Annex One) भवनको क्याबिन नम्बर ५०१ मा भर्ना गरिएको छ।
