स्याङ्जा, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा अवस्थित नेपालको पहिलो नवग्रह मन्दिरमा नयाँ वर्ष २०८३ को अवसरमा विशेष पूजाको आयोजना गरिने भएको छ। मन्दिर व्यवस्थापन समितिले पर्यटक तथा भक्तजनहरूलाई लक्षित गरी यो विशेष पूजाको तयारी गरेको हो।

समितिका अध्यक्ष भरतराज पोखरेलका अनुसार, नयाँ वर्षको अवसरमा मन्दिरको एक ठाउँबाट प्रवेश गरेपछि नौ चक्रमा रहेका नवग्रह मन्दिरको नौ परिक्रमासहितको पूजा सम्पन्न गरेपछि मात्र बाहिर निस्कन मिल्ने गरी निर्माण गरिएको चक्र पनि खुला गरिनेछ। यस स्थानमा नेपालकै पहिलो नवग्रह मन्दिरको निर्माण भएदेखि नै यो धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै आएको छ।
