काठमाडौं, नेपाल – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी, पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध अवैध सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ पुर्जी जारी भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट यो पुर्जी प्राप्त गरेको हो।
उच्च स्रोतका अनुसार, देउवा दम्पती हाल विदेशमा रहेकाले उनीहरूलाई पक्राउ गर्न सकिएको छैन। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको औपचारिक पत्राचारपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस विषयमा थप अनुसन्धान अगाडि बढाएको छ।
जेन जि आन्दोलनका क्रममा देउवाको बुढानिलकण्ठस्थित निवासमा पैसा फेला परेको खबर सार्वजनिक भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कानूनी मुचुल्का तयार गर्न निवासमा पुगेको थियो।
