संसद्को एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ । पहिलो बैठकमा बिहीबार (आज) नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । संघीय संसद् सचिवालयले दलको सिट संख्याका आधारमा दलहरूको बस्ने ठाउँ तय गरेको छ ।